+
+

जर्मनी र बेलायती वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:५७

२० असोज, काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।

बुधबार नोबेल पुरस्कार कमिटिले उनीहरुलाई यो पुरस्कार दिने घोषणा गरेको हो। यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?