+
+

मन्त्री चयनका लागि कांग्रेस नेताहरुको छलफल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १६:४८
कांग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर ।

२० असोज, काठमाडौं । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।

सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?