+
+

स्पोर्टस् क्यासल फुटसल लिगको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:४९

२० असोज, पोखरा। द राइजिङ क्लबलाई हराउँदै घरेलुट टिम स्पोर्टस् क्यासल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइलनमा प्रवेश गरेको छ ।

बुधबार भएको प्लेअफ पहिलो खेलमा राइजिङलाई ८–६ गोल अन्तरले हराउँदै क्यासलले फाइनल स्थान पक्का गरेको हो ।

पोखरा रंगशालामा भइरहेको लिग चरणको अन्तिम खेल मंगलबार सकिएको थियो । लिगमा क्यासल शीर्षस्थानसहित अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेको थियो ।

बुधबार नै भएको दोस्रो खेलमा काठमाडौंको शंखमुल फुटसलले घरेलु टोली सविन मेमोरियलमाथि जित निकालेको छ । एलिमेटर खेलमा सविन मेमोरियललाई ३–२ गोलान्तरले हराउँदै जित निकालेको छ ।

मंगलबार पनि लिग चरणको अन्तिम खेल सविन र शंखमुल भिडेका थिए। उक्त खेलमा सविनले शंखमुललाई ३–१ ले हराउँदै प्लेअफमा स्थान पक्का गरेको थियो । शंखमुल भने त्यसअघि नै अन्तिम ४ मा आफ्नो स्थान पक्का गरिसकेको थियो।

फाइनल क्वालिफायरका लागि अब अर्को खेल बिहीबार हुनेछ । बिहीबार द राइजिङ क्लब र शंखमुलबीच फाइनल यात्राका लागि भिडन्त हुनेछ । लिग चरणमा राइजिङ दोस्रो स्थानमा थियो भने शंखमुल तेस्रो स्थानमा थियो।

बिहीबारको खेल जित्ने टोलीसँग स्पोर्टस् क्यासलले उपाधिका लागि २२ गते भिड्ने छ। कुल १० टिम सहभागी रहेको प्रतियोगिता असोज २ गतेदेखि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?