+
+

न्यायको माग गर्दै नेपालगञ्जदेखि हिँडेको टोली काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:५५

२० असोज, काठमाडौं । न्यायको माग गर्दै नेपालगञ्जबाट पैदलयात्रामा निस्किएको टोली २० दिनमा काठमाडौं आइपुगेको छ । बाँकेमा भएका दुईवटा घटनाको सत्यतथ्य छानबिनको माग राखेर उनीहरुले असोज १ गतदेखि नेपालगञ्जबाट पैदलयात्रा शुरु गरेका थिए ।

पीडित र अधिकारकर्मीहरुको टोली बुधबार काठमाडौं आइपुगेको हो । अब बिहीबार सिंहदरबार गएर धर्ना दिने तयारी गरेको अधिकारकर्मी रुबी खानले बताइन् । पीडित र अधिकारकर्मी गरी १३ जनाको टोली न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रामा निस्किएको हो ।

टोलीले प्रधानमन्त्री कायाृलय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा दिने खानले जानकारी दिइन् । उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।

गत साउन ६ गते बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र नेपालगञ्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अज्ञात अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?