+
+

विश्व बक्सिङ च्याम्पियनसिपमा सनिल, भुपेन्द्र, पुरन र रविन सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १९:२८
बायाँबाट क्रमशः सनिल, भुपेन्द्र, पुरन र रविन

२० असोज, काठमाडौं । सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार नेपाल बक्सिङ संघले अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडी घोषणा गरेको हो ।

खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडीमध्येबाट चार खेलाडी छनोट गरिएको हो ।

विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?