+
+

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १९:३५

२० असोज, काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । प्रत्येक तौलसमूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि वृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा गर्ने तयारी रहेपनि यकिन भइ नसकेको बताइएको छ । कभर्डहलमा सम्भव नभए काठमाडौंमै प्रतियोगिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?