+
+

फाइजर खोप लगाएको दुई महिनापछि एन्टिबडी घट्न थाल्छ : नयाँ अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १२:१८

२१ असोज, काठमाडौं। हालै गरिएका दुई अध्ययनले कोभिड- १९ विरुद्धको फाइजर खोपका दुई डोज लगाएपछि एन्टिबडी अर्थात् भाइरसविरुद्ध लड्ने तत्व तीव्र गतिले घट्ने देखाएका छन् ।

इजरालयको शेबा मेडिकल सेन्टरका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले ६ महिनापछि कुनै-कुनै मानिसमा एन्टिबडीको मात्रा थ्रेसहोल्डभन्दा कम हुने सम्भावना पनि देखाएको छ ।

त्यस्तै कतारमा गरिएको अर्को अध्ययनअनुसार पहिलो डोजपछि संक्रमणप्रतिरोधी क्षमता निकै बढ्ने, दोस्रो डोज लगाएको एक महिनासम्म उच्च हुने तर त्यसपछि भने बिस्तारै घट्दै जान्छ ।

दुवै अध्ययनलाई न्यू इङ्ल्याण्ड जर्लन अफ मेडिसिनमा प्रकाशित गरिएको छ । बुधबार सार्वजनिक गरिएका ती अध्ययनले फाइजर खोप लगाएको दुई महिनापछि खोपबाट प्राप्त हुने रोग प्रतिरोधी क्षमता ह्रास हुने देखाउँछन् ।

तर गम्भीर संक्रमण हुने, अस्पताल भर्ना हुनुपर्ने वा ज्यानै गुमाउनु पर्ने अवस्थाबाट भने खोपले प्रभावकारी सुरक्षा दिने अध्ययनको ठहर छ । खोप लगाएका मानिसहरू नलगाएका मानिसभन्दा धेरै हिंडडुल गर्ने र सुरक्षाका उपाय कम पालना गर्ने भएकाले यसबाट प्रतिरोधी क्षमता प्रभावित हुन सक्ने संकेत पनि अध्ययनले गरेको छ ।

कोभिड-१९ खोपको पूर्ण डोज लगाएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने तर्कलाई इजरायल र कतारमा गरिएका नयाँ अध्ययनले बल पुर्‍याएका छन् ।

इजरायलमा गरिएको अध्ययनमा ४ हजार ८ सय स्वास्थ्यकर्मी सहभागी गराइएको थियो । अध्ययनपछि फाइजरको दुई डोज लगाएका स्वास्थ्यकर्मीको शरीरमा एन्टिबडीको मात्रा एक्कासी ह्रास आएको थियो । विशेषगरी पुरुष, ६५ वर्ष मानिसका व्यक्ति र रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसको शरीरमा एन्टीबडी घटेको पाइयो ।

यसबाहेक, अध्ययन अनुसार कोभिड-१९ बाट संक्रमित भएका मानिसमा लामो समयसम्म फाइजरको रोगप्रतिरोधी क्षमता देखिन्छ । विशेषगरी कोभिड संक्रमण मुक्त भएपछि खोप लगाएका मानिसमा रोगप्रतिरोधी क्षमता निकै सशक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?