+
+

काठमाडौँको बाफलबाट नगदसहित १९ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:४९

२१ असोज, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले कौडा, ताससहित १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौ महानगरपालिका-१३ बाफलस्थित रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्‍ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ७ थान तास बुक, १२ थान रातो क्विन, १८ थान सेतो क्विन, ३२ थान कालो क्विन र ६१ थान निलो क्विन गगरी जम्‍मा १२३ थान क्विन, ३३ थान कौडा, २८ वटा विभिन्‍न कम्पनीका मोबाइल र २ लाख ८६ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?