+
+

पीएसजी आएर मैले गल्ती गरेको छैन : मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १६:३५
फाइल तस्वीर

२१ असोज, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मन (पीएसजी) आएपछि अशान्त देखिएका छन् । फ्री ट्रान्सफरमा पीएसजीमा अनुबन्ध भएका मेस्सीले क्लबका लागि खेलेको पाँच खेलमा एक मात्र गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध पहिलो गोल गरेका उनले त्यसपछि लिग वानमा रेनेसविरुद्ध गोल गर्न सकेनन् । त्यो खेल पीएसजीले २–० ले हारेको थियो ।

यद्यपि मेस्सीले पीएसजी आएकोमा कुनै दुःख नलागेको बताएका छन् । फ्रेन्च म्यागाजिन ‘फ्रान्स फुटबल’लाई दिएको अन्तर्वार्तामा मेस्सीले आफूले सही निर्णय गरेको बताएका छन् । ‘मैले पीएसजी आएर कुनै गल्ती गरेको छैन,’ उनले भनेका छन् ।

अर्जेन्टिनी स्टार मेस्सीले छाडेपछि स्पेनिस क्लब बार्सिलोना भने संकटमा देखिएको छ । लगातार खराब प्रदर्शन गरेका कारण प्रशिक्षक रोनाल्ड कोमेनको पद धरापमा परेको छ ।

केही साताअघिको एक अन्तर्वार्तामा कोमेनले भनेका थिए, ‘मेस्सीले सबै (कमजोरी) लुकाएका थिए । उनी निकै राम्रा खेलाडी थिए र (हामीलाई) जिताएका पनि थिए ।’

उनले अघि भनेका छन्, ‘पक्कै पनि उनको वरिपरि सधैं राम्रा खेलाडी हुन्थे तर उनको कारण केही अन्तर भने देखिन्थ्यो । उनको कारण सबै खेलाडी राम्रा देखिन्थे । यो आलोचना होइन, मूल्यांकन हो ।’

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?