+
+

कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी ८ लाख लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १९:४१
८ लाख रुपैयाँ लुटिएका रामरक्षा जैसवाल सवार कार

२१ असोज,बुटवल  । कपिलवस्तुको गोरुसिंगे जंगलमा अज्ञात समूहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटेको छ । बुद्धभूमि नगरपालिका–१० स्थित तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत  तिलौराकोट साझेदारी वन कार्यालय नजिक मोटरसाइकलमा आएका दुई जनाले कारमा सवार व्यक्तिमाथि गोली प्रहार गरी नगद लुटेर लगेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर प्रदेश ३–०१–०२३ च ८०८९ नम्बरको कारमा सवार कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी उनीहरू  भागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

गोली प्रहार गरेर भागेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?