+
+

तेस्रोचोटी महासचिव बन्दिन : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:३९

२४ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले महासचिव पदमा उम्मेदवारी नदिने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले तेस्रो पटक महासचिव नहुने बताएका हुन् । ‘तेस्रो चोटी महासचिव हुन्न । विधानले पनि दिँदैन । मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन’ उनले भने, ‘तर हामीहरु कुन खालको जिम्मेवारी लिने हो, त्यो जिम्मेवारीका लागि म मात्रै होइन मेरो पार्टीका लिडिङ टिममा रहेका हरेक साथीहरु त्यसका लागि तयार हुनुहुन्छ ।’

उनले आउँदो महाधिवेशनबाट पनि पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने संकेत गरे । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्ने संकेत गरेका हुन् ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को धु्रवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको ध्रुवलाई बलियो बनाउनुपर्ने बताए ।

‘नेशनल पोलिटिक्स दुईटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नुभएको छ । त्यो पोल मजबुत हुन जरुरी छ । सुदृढ हुन जरुरी छ । ताकि यो अर्को पोल जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ’ उनले भने, ‘त्यो पोल चाहिँ बलशाली बन्नु हुँदैन भन्ने हाम्रो मान्यता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?