+
+

चेपाङ बस्तीमा ब्याक टु लाइफद्वारा खाद्यान्न वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १५:१६

२४ असोज, चितवन । ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था परिवर्तन नेपालमार्फत् राप्ती नगरपालिकाका चेपाङबस्तीमा खाद्य सामग्री वितरण गरेको छ । आइतबार सम्पन्न एक कार्यक्रममा ती राहत सामग्री राप्ती नगरपालिकाका नगरप्रमुख प्रभा बरालको विशेष उपस्थितिमा ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेललगायतले वितरण गरे ।

राप्ती नगरप्रमुख प्रभा बरालले ब्याक टु लाइफका कार्यक्रमहरु सोझै लक्षित समूह केन्द्रित भएका र कार्यक्रमले राप्तीका अति विपन्न मानिने चेपाङ र तामाङ बस्तीहरुमा परिणाममुखी भएकोमा खुसी व्यक्त गरे ।

संस्थाले राप्ती नगरपालिकाका पहाडी भेगमा पर्ने धमिली र परेवाकोटका प्रत्येक विपन्न परिवारलाई चामल ३० केजी, दाल २ केजी, तेल २ लिटर र नुन २ केजी प्रदान गरेको छ ।

राहत वितरणबाट ३४५ घरपरिवार लाभन्वित भएका छन्। बारीको उब्जनीले मुस्किलले ६ महिना पनि नधान्ने यी घरपरिवार ज्याला मजदुरीमा निर्भर छन्।यस बर्ष कोरोना महामारीले गर्दा मजदुरी काम पाउन गाह्रो भएको अवस्थामा दशैं पर्वको मुखमा यी बस्तीहरु भोकमरीको चपेटामा पर्ने अवस्थामा थिए ।  राहत  वितरणले यी परिवारलाई ठुलो राहत मिल्ने राप्ती नगरपालिका – १ का अध्यक्ष शिद्धिलाल स्यांगतानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?