+
+

हुन्डाइले हाइवेमा सञ्चालनमा ल्यायो ‘फ्रि चेक अप क्याम्प’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:३६

काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाइ हाइवे एसुरेन्सू –हुन्डाइ गाडिहरुका लागि ‘फ्रि चेक अप क्याम्प’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको कम्पनीले जनाएको छ ।

हुन्डाइ गाडीमार्फत दशैंमा आफ्ना घर फर्कँदै गरेका ग्राहकहरुलाई लक्षित गरी फ्रि चेक अप क्याम्प स्थापना गरिएको कम्पनीले बताएको छ ।

हुन्डाइ गाडीको फ्रि चेक अप क्याम्पमा आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा निःशुल्क थप गरिदिने व्यवस्था गरेको कम्पनीको भनाइ छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ((काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाइवे), भरतपुर (बालमन्दिर चोक), चौराहा ( बुटवल, नेपालगञ्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगञ्ज (पथलैया चोक) र हेटौंडा (बाइपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?