+
+

जुनियर जुडो च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:३७

२४ असोज, काठमाडौं । एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए्।

चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् । च्याम्पियनसिप लेबननमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?