+
+

ललितपुरको मंगलबजार र बालकुमारीमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:५७

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा आफ्नो शाखा विस्तार गरेको छ ।

मंगलबजारमा विस्तार गरिएको शाखाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले आइतबार संयुक्त रुपमा गरेका थिए ।

यस्तै बालकुमारी शाखाको उद्घाटन ललितपुर महानगरपालिका–८ का वडाध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्तमा रुपमा गरेका थिए ।

शाखा कार्यालयको उद्घाटन कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?