+
+

आर्टमाण्डुले ल्यायो ‘बिनायो भाकैले’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १८:०७

फरक–फरक स्वादका सांगीतिक भिडियो ल्याउँदै आएको आर्टमाण्डु नेपालले नयाँ सांगीतिक भिडियो सार्वजनिक गरेको छ ।

यसअघि ‘के माया लाग्छ र ?’, ‘तिनपाते’, ‘बाफ’जस्ता सांगीतिक भिडियो सार्वजनिक गरेको आर्टमाण्डुले शनिबारमात्रै ‘बिनायो भाकैले’ सार्वजनिक गरेको हो ।

सुष्मा सिग्देलको शब्द, अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा अंकितबाबु र सुनिता थेगिमले स्वर भरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

८०÷९० को दशकको नेपाली चलचित्रको स्वर्णिम युगलाई समर्पित गर्दै यस ‘बिनायो भाकैले’ तयार गरिएको आर्टमाण्डुले जनाएको छ ।

यसको भिडियोमा बिजु पार्की र कविता नेपाली नायक-नायिकाको भूमिकामा प्रस्तुत छन् ।

त्यस्तै भिडियोमा खलनायक, सहायक खलपात्रहरु, हाँस्य कलाकार, चरित्र अभिनेता लगायतको भूमिकामा समेत कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पुरानो शैलीमै भिडियो तयार पारिएको छ ।

बाल्यकालमा हुँदाको चलचित्रको यादलाई स्मरण गर्दै ‘बिनायो भाकैले’ निर्माण गरिएको प्रोजेक्ट सुपरभाइजर नविन चौहानले बताएका छन् । बिजु पार्की, लाहुरेको नृत्य निर्देशन, सुशन प्रजापतिको छायाँकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन एवं रंग संयोजन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?