+
+

विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १८:५९

२४ असोज, काठमाडौं । अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो । यो वर्षको दिवसको मूल नाराय ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने थियो ।

सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्न विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।

मन्त्रालयले असोज २० गतेदेखि तीनै तहका सरकार र सम्वद्ध सवै पक्षको सहभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ सञ्चालन गरेको थियो । यो सचेतना अभियानले मानसिक स्वास्थ्यको विषयमा समुदायमा विद्यमान अन्धविश्वास, भ्रम, कुुरीति, कलङ्क र सामाजिक दुब्र्यवहारको दुष्चक्रलाई तोड्दै तथ्यमा आधारित मानसिक स्वास्थ्यका विषयमा आमधारणा विकास गर्ने विश्वास छ ।

सचेतनाको माध्यमबाट मानसिक स्वास्थ्यको प्रर्वधन, मानसिक रोगको रोकथाम, समयमा पहिचान, उपचार तथा उचित ब्यवस्थापन र समुदायमा पुर्नस्थापनाको माध्यमबाट मानसिक स्वास्थ्य र मानसिक रोगको उचित सम्वोधन हुने अपेक्षा गरिएको छ ।

नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार नेपालको कुल जनसंख्या (२ करोड ९० लाख) को ४ प्रतिशत (लगभग ११ लाख) र थप १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरुले हालको अवस्थामा मानिसक स्वास्थ्य समस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप ६.५ प्रतिशत वयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य र लागु औषध दुब्र्यसनका कारण विश्वमा रुपमा ५ मध्ये १ अपाङ्गता सहितको जीवन वर्ष बाँच्नु परेको छ र यो अवस्था नेपाल लगायतका न्यून तथा मध्य आयस्तर भएका देशहरुमा अझै बढी छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हरेकदिन औषत २० जना ब्यक्तिले आत्महत्या गरी जम्मा ७११७ वटा आत्महत्या सम्वन्धि घटना दर्ता भएका छन् जुन विगत वर्षको दाँजोमा १३.७ प्रतिशतले बृद्धि भएको हो ।

नेपाल सरकारले यस वर्ष देश भरका १३ सरकारी अस्पतालमा १० शय्याका दरले जम्मा १३० शय्याको अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?