+
+

कञ्चनपुरमा पुरुष पत्रकारलाई सुत्केरी भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १९:१९

२४ असोज, धनगढी । कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता दिएको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो ।

जनक्रान्ति दैनिकका सह-सम्पादक पहिलाद रानाले आइतबार नेपालीलाई सुत्केरी भत्ता वाफतको रकम हस्तान्तरण गरेका हुन् । जनक्रान्ति दैनिकका कार्यकारी सम्पादक मोहन बिष्टले संस्थामा आवद्ध पत्रकारको सामाजिक सुरक्षालाई ध्यान राखेर आर्थिक सहयोग गर्ने नीतिअनुसार नेपालीलाई प्रोत्साहन भत्ता दिइएको बताए ।

उनले संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरु विरामी हुँदा, दुर्घटनामा पर्दा तथा सुत्केरी अवस्थामा प्रोत्साहन भत्ता दिदै आएको बताए । सुत्केरी भत्ता बुझ्दै पत्रकार नेपालीले संस्थाले प्रोत्साहन भत्ता प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

श्रमजीवीको सम्मान भएको अनुभुती पनि आफूले गरेको उनी बताउँछन् । उक्त रकमले आफू शिशु र आमालाई पोषिलो खानेखुरा खुवाउने नेपालीले बताए ।

भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरका नेपालीकी श्रीमती सम्झनाले पहिलो सन्तानका रुपमा गत असोज १९ गते महाकाली अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?