+
+

नेप्से परिसूचकमा २३.१९ अकंको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १६:००

२५ असोज, काठमाडौं । दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।

शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटे ।

दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?