+
+

मर्यादाक्रममा छैटौं नम्बरमा आएँ, पुरानो ऋण सकियो : खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १६:१४

२५ असोज, हेटौंडा । विरोध खतिवडाले २०४८ मा पहिलो पटक मकवानपुरबाट चुनाव जिते । त्यसयता जति पटक टिकट पाए, उनले चुनाव जिते । नेकपा एमालोबाट चार पटक चुनाव जितेका उनले कहिल्यै राजकीय जिम्मेवारी पाएनन् ।

एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दा खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला मकवानपुर पुगेका खतिवडाले विगतको पार्टीमा जनताले विश्वास गरेर निर्वाचित गर्दा पनि ठूला भन्नेहरुले पेल्ने र ठेल्ने काम गरेको बताए ।

पेल्ने र ठेल्नेको चंगुलबाट उम्किएर नयाँ यात्रा सुरु गर्दा प्रधानमन्त्री र पार्टी अध्यक्षले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै उनले भने, ‘ठेल्दै पेल्दै गयो भने कहिलेकाहीँ फड्को मार्नुपर्ने हुँदोरहेछ । अहिलेको क्याबिनेटको मर्यादाक्रममा छैटौं नम्बरमा राखेर आयो । पुरानो ऋण ब्याज सबै सकियो ।’

स्वास्थ्यमन्त्री खतिवडाले जनताको मत र पार्टीको निर्देशनलाई आत्मसाथ गरेर काम गर्ने बताए । अहिलेको प्राथमिकता कोरोना संक्रमण नियन्त्रण भएको भन्दै उनले नेपाललाई चाहिने २ करोड डोज खोप ल्याउन पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?