+
+

देशभरका ६२ किशोरीले एक दिनका लागि सम्हाले स्थानीय तहको पद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:००

२५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा देशभरका ७ जिल्ला ६२ जना किशोरीले एक दिनका लागि स्थानीय तहको पद सम्हालेका छन् ।

स्थानीय सरकार, हामी दाजुभाइ, प्लान इन्टरनेशनल, स्थानीय संघसंस्था, युथ हबको समन्वयमा अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ‘गर्ल्स टेकओभर’ कार्यक्रम अन्र्तगत उनीहरुले स्थानीय सरकारको पद सम्हाल्ने मौका पाएका हुन् ।

यसै क्रममा मधुवन नगरपालिकाको उपमेयरको रुपमा १५ वर्षीय निशा चौधरीले पद सम्हालेकी छन् । निशाले आइतबार पद सम्हाल्दै अनलाइनमा बालिकाहरुको पहँच र सुरक्षाको बारेमा पालिका प्रतिवद्ध रहने र हुनुपर्ने बताइन् ।

अनलाइनमा बालिका तथा किशोरीहरुलाई दुव्र्यवहार र गलत सूचनाहरु दिने गरेको उनी बताउँछिन् । कोभिडको बेलामा फेसबुक, टिकटकमा कोरोना नलागेको मानिसलाई पनि लाग्यो भनेर भनिदिने, कोरोनाको औषधि भनेर खान लगाउने र भ्याक्सिन आयो भन्ने र यो भ्याक्सिन राम्रो छ, त्यो राम्रो छैन, भ्याक्सिन नलगाउँ भन्नेजस्ता भ्रामक कुराहरुले किशोरी तथा बालिकाहरु प्रभावित भएको उनले जानकारी दिइन् । सही गलत छुट्याउन नसक्दा गलत प्रभाव परेको निशाको भनाइ छ ।

‘गर्ल्स टेकओभर’ कार्यक्रमले नगरमा अनलाइनले बालिका तथा किशोरीमा पर्न सक्ने जोखिम, अवसर र चुनौतीको विषयमा थप प्रष्ट पारेको भन्दै नगर उपप्रमुख सुभरानी थारुले आयोजकलाई धन्यवाद दिइन् । ‘सबै कुराको सकारात्मक नकारात्मक पाटो हुन्छ । त्यस्तै अनलाइनको पनि छ । तर यसको माध्यामबाट हामीले सूचना मात्रै पाउँदैनौं । बालिका तथा किशोरीमा जोखिम पनि छ भन्ने थप प्रष्ट पारेको छ,’ उनले भनिन् ।

नगरपालिकाले यस्तो विषयमा कार्यक्रम नबनाएको तर आगामी दिनमा अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिइन् ।

हरेक वर्ष अक्टोबर ११ तारिखलाई अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?