+
+

रुवी खानबारे प्रहरीले सर्वोच्चलाई लेख्यो झुटो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:५१

२५ असोज, काठमाडौं । रुवी खानलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएर नेपालगञ्ज पुर्‍याएको नेपाल प्रहरीले सर्वोच्च अदालतमा भने झुटो जवाफ पठाएको छ ।

प्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको हो ।

यसअघि आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

तर सोमबार प्रहरीले रुवीलाई अदालतमा पेश गरेन । त्यसपछि सर्वोच्चले महानगरीय प्रहरी वृत्त सिंहदरवारका नाममा म्याद काटेको छ । शाखा अधिकृत सुदीप पोखरेलले काटेको पत्रमा २४ घण्टाभित्र लिखित जवाफसहित खानलाई उपस्थित गराउन निर्देशन दिइएको छ ।

नेपालगञ्जका दुई महिलाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न दबाब दिँदै काठमाडौंसम्म पैदलयात्रा गर्ने टिममा रहेकी रुवी शुक्रबार काठमाडौंको माइतीघरबाट पक्राउ परेकी थिइन् ।

उनलाई प्रहरीले नेपालगञ्ज नै पुर्‍याएको बताएको छ । पुरानो मुद्दामा उनीविरुद्ध उच्च अदालतले पक्राउ पूर्जी जारी गरेकाले उनलाई नेपालगञ्ज पठाएको शनिबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अनलाइनखबरलाई प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?