+
+

ठेलमठेल मंगलबजारको दशैं किनमेल (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ असोज २५ गते १९:३५

२६ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंअघिको समय नेपालमा धेरै सामान किनमेल हुने समय हो ।

अहिले काठमाडौं उपत्यकाका नयाँ पुराना सबैथरि बजारमा ग्राहकको भिड छ । दशैंमा नयाँ लुगा किन्नेदेखि नयाँ सामान जोड्नेसम्म चलन हुन्छ । दशैंको बेलामा अत्यधिक भिड हुने क्षेत्रमा काठमाडौंको असन, न्युरोड क्षेत्र पर्छ ।

काठमाडौंको असनजस्तै ललितपुरको भने मंगलबजार क्षेत्रमा भिड हुन्छ । उपभोग्य सामानदेखि लत्ताकपडासम्म किन्न त्यस क्षेत्रका मानिसहरु मंगलबजारमा आउँछन् । साँघुरा गल्ली र बाक्लो वस्ती भएकाले दशैंको बेलामा मंगलबजार क्षेत्रमा थामिनसक्नु भिड छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?