+
+

अमेरिकी राजदूतले चंगा उडाउँदै दिए दशैंको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते ११:२२

२६ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

यसैगरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि दशैंको एक पोस्टर ट्वीट गर्दै दशैंको शुभकामना दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?