+
+

ट्यांकर पार्किङले दुर्घटनाको जोखिममा मोहना-अत्तरिया सडकको चटकपुर क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १५:००

२९ असोज, काठमाडौं । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् ।

६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा रमखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् । सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् ।

जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताए । उनले ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थहरु बोक्ने गरेको भएपनि पार्किङ स्थलको अभावमा ट्यांकरहरुले सडकमै रोकिरहेको बताए ।

उनले भने, ‘पहिला जनघनत्वहरु कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्यौं, अहिले ८७ वटा ट्यांकरले तेल ढुवानी गरिरहेका छन्, तर पार्किङ स्थलको व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्यांकर होल्डिङ गरिरहनु परेको छ, २४ घण्टा, ४८ घण्टा वा त्यो भन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउन यता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?