+
+

विप्लव नेकपाका नेता चन्दको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते ९:५८

२९ असोज, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रविक्रम चन्द (वीरजंग) को निधन भएको छ । वीरजंग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का सहोदर जेठा दाजु हुन् ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका वीरजंगको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार बिहान निधन भएको नेकपा स्रोतले बताएको छ ।

जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बाग्लुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका वीरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका वीरजंग कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

कपिलवस्तुको शिवगढीका स्थायी बासिन्दा ६१ वर्षीय वीरजंगका दुई छोरा र एक श्रीमती छन् । वीरजंगको शुक्रबार नै कपिलवस्तुको शिवढीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?