+
+

डडेलधुरा र डोटीमा अति भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:१५
फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । डडेलधुरा, डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको छ ।

ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गर्दै सूचना गरेको छ ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ । त्यसैको कारण हाल देशको अधिकांश स्थानमा बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिमको एक/दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?