+
+

पुसदेखि लागु हुने गरी विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १३:०७

१ कात्तिक, काठमाडौं । नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घट्ने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो ।

कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।

सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार काठमाडौंबाट पर्यटकका लागि सबैभन्दा व्यस्त रुट पोखरामा अब विदेशीलाई लिइने १०६ डलरबाट ६५ अमेरिकी डलरमा झारिने भएको छ ।

यस्तो हुनेछ परिमार्जित भाडादर

काठमाडौं–पोखरा : ६५ डलर

काठमाडौं–विराटनगर : ७६ डलर

काठमाडौं–जनकपुर : ४२ डलर

काठमाडौं–सिमरा : ३० डलर

काठमाडौं–भैरहवा : ६५ डलर

काठमाडौं–धनगढी : १३८ डलर

काठमाडौं–नेपालगन्ज : १०२ डलर

काठमाडौं–भद्रपुर : ९४ डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?