+
+

रुपन्देहीमा ३१ वर्षीया महिला छोरासहित बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १३:२७

१ कार्तिक, बुटवल। रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् ।

गुल्मीको मुसीकोट नगरपालिका- ५ घर भएकी संगीता गैरे असोज २२ गतेदेखि बुटवल कालिकानगरस्थित सानी आमाको घरबाट सम्पर्कबिहीन भएकी हुन् ।

आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेपछि उनका श्रीमान् खडानन्द गैरेले खोजी गरिदिन प्रहरी लगायत सबैसँग अपील गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले संगीताको खोजी कार्य भइरहे पनि हालसम्‍म पत्ता लाग्न नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?