+
+

बझाङमा पहिरोमा परी ४ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १७:०५

३ कात्तिक, बझाङ। बझाङको खप्तड छन्ना गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी ४ जनाको मृत्‍यु भएको छ ।

जिल्लाको खप्तडछन्ना गाउँपालिका-५ मा गएको पहिरोमा परी स्थानीय ४५ वर्षीय बिरु गिरी र उनकी श्रीमती ३५ वर्षीय चन्द्रादेवीको मृत्यु भएको छ । त्यस्तै खप्तडछन्ना गाउँपालिका-६ मा गएको पहिरोमा परी ४९ वर्षीय धनराज जोशी र ६८ वर्षीय रने आग्रीको मृत्‍यु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

यस्तै बझाङकै थलारा गाउँपालिका-४ मा मंगलबार गएको पहिरोमा परी २३ जना बेपत्तामध्‍ये दुईजनाको शव भेटिएको छ । शवको पहिचान भने भइनसकेको प्रजिअ अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?