+
+

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १३:१५

५ कात्तिक, काठमाडौं । प्रहरीले स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका १ का २२ वर्षीय सुशिल कुमार साह रहेका छन् ।

कात्तिक ४ गते दिउँसो ४ बजेको समयमा सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शाहलाई बकैया खोलाको बाँधमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रैतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?