+
+

श्रृंखलाबद्ध चोरीमा संलग्‍न रहेको आरोपमा कोटेश्वरबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:४३

५ कात्तिक, काठमाडौं । श्रृंखलाबद्ध चोरी कार्यमा संलग्‍न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ का ३१ वर्षीय कमल थापा मगरलाई  महानगरीय अपराध महाशाखाको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीमाथि काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्‍न सहकारी तथा वित्तीय संस्थाहरु र दिनको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर नगद तथा गरहगना चोरी गरेको अभियोग लागेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका मगरको साथबाट १ थान मोबाइल, २ थान फलामको रड, १ थान ज्‍याकेट, चोरी गर्दा लिएको गएको ब्‍याग र नगद २ हजार रुपैयाँ बरामद गरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनले २०७७ साल मंसीर १९ गते राति मूलपानीस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट नगद तथा ल्यापटप समेत गरी २ लाख बराबरको धनमाल चोरी गरेका थिए ।

त्‍यसपछि २०७७ साल फागुन ७ गते काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित जुनार हिलटप सहकारी संस्थाबाट नगद १ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । यस्तै २०७७ फागुनमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहनासमेत गरी ४ लाख ८० हजार बराबरको धनमाल उनले चोरी गरेको प्रहरीले बताएको छ ।

यसैगरी २०७७ फागुन १९ गते राति कागेश्वरी मनोहरा-७ स्थित दिदीबहिनी सहकारी संस्थाको मूल ढोका फोडेर मगरले नगद २ लाख १० हजार चोरी गरेर लगेको प्रहरीको दाबी छ ।

यस्तै उनले गत वैशाखमा सीतापाइलास्थित विश्‍वनाथ खनालको घरबाट नगद तथा सुनचाँदीको गरगहनासमेत गरी ३ लाख १० हजार बराबरको धनमाल चोरी, असार १९ गते सीतापाइला बुद्धटोलस्थित कृष्ण लामाको घरमा कोही नभएको बेला नगद तथा सुनचाँदीका गरगहना गरी अन्दाजी ४ लाख ३० हजार चोरी गरेको लगेको, असार २४ गते स्वयम्भूस्थित आरक्ष बचत तथा सहकारीको ढोका फोडेर नगद तथा सुनचाँदीका गहरहना गरी १ लाख २३ हजार तथा नागार्जुन नगरपालिका-४ सीतापाइलास्थित शिवप्रसाद लामिछानेको घरमा कोही नभएको बेला नगद तथा सुनचाँदीका गरगहना गरी १५ लाख बराबरको धनमाल चोरी गरेर लगेको उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?