+
+

विमलले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:४४

७ कात्तिक, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले साविक विजेता मछिन्द्र फुटबल क्लबबाट नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

चोटका कारण एक वर्ष मैदान बाहिर रहेका विमल कतारमा उपचार गराएर गत महीना स्वदेश फर्किएका थिए । गत वर्ष पुसमा राष्ट्रिय टिमको क्याम्पमा प्रशिक्षणका क्रममा विमललाई घुँडामा चोट लागेको थियो । त्यसपछि उनी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा कतारमा उपचार गराएर आएका हुन् ।

मछिन्द्रले विमलसँग एक सिजनको लागि सम्झौता गरेको हो । विमलको अनुबन्धपछि मछिन्द्रको आक्रमण लाइन बलियो बनेको छ । मछिन्द्रले यसअघि नै राष्ट्रिय टिमका युवा स्टार मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ । यस्तै सुनिल बललाई पनि थ्रीस्टारले अनुबन्ध गरेको छ ।

पछिल्लो पटक २०७६ मा भएको लिगमा मछिन्द्रले उपाधि जित्दा विमलले अन्तिम खेल खेलेका थिए । त्रिभुवन आर्मी विरुद्धको एक मात्र खेल खेलेर उनले लिग उपाधि जित्ने अवसर पाए ।

यस पटक भने विमलले शुरुवातदेखि नै खेल्दै क्लबलाई उपाधि दिलाउनका लागि सहयोग गर्ने बताएका छन् । ‘पछिल्लो पटक अन्तिम खेल मात्र खेल्न पाएको थिएँ । एक खेल खेलेरै उपाधि जितेको थिए । यो वर्ष शुरुवातमै खेल्ने प्रयास गर्नेछु । टिमलाई उपाधि जिताउनका लागि सहयोग गर्नेछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?