+
+

लखनउ र अहमदाबाद आईपीएलको नयाँ टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते २१:१६

८ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् ।

अब सन् २०२२ मा आईपीएलमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई नयाँ टिम लिएका हुन् । आरपीएसजीले ७ सय करोड भारतीय रुपैयाँमा लखनउ टिम लिँदा सिभीले ५ हजार २ सय करोड भारुमा अहमदाबादको टिम लिएको हो ।

बीसीसीआईले दुई सय करोड भारु बेस प्राइज राखेकोमा आरपीएसजीले २५० प्रतिशत बढी रकम राखेर बिडिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?