+
+

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १६:५६

९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।

मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए ।

तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?