+
+

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १८:०७
फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ छ ।

‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश जबराको विषयमा चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?