+
+

कृषि मन्त्रालयद्वारा बेमौसमी वर्षा पीडित किसानलाई नगद राहतको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:४२
फाइल तस्वीर

९ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण पीडित किसानलाई नगद राहतको प्रस्ताव गरेको छ ।

मंगलबार मन्त्रालयमा भएको संघ तथा प्रदेशस्तरीय समन्वय बैठकले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले पुर्‍याएको क्षतिको वर्गीकरण गरी किसानलाई नगद राहत उपलब्ध गराउने प्रस्तावबारे निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश कृषिमन्त्री तथा सचिवहरुसँग भएको छलफलमा किसानले लगाएको बालीमा पुगेको क्षतिको मूल्यांकन गरी बैंकको सावाँ/ब्याज मिनाहाका लागि सिफारिस गर्ने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

बैठकले प्रदेशस्थित कृषि सम्वद्ध मन्त्रालयलाई क्षतिको कृषकस्तरको विवरण एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएको छ ।

‘बेमौसमी वर्षाबाट पीडित किसानलाई पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रति इकाइ क्षेत्रफल बराबर निश्चित रकम उपलब्ध गराउने, किसान वर्गीकरणका आधारमा ऋण तथा व्याज मिनाहा पहल गर्ने लगायतका विकल्पहरुमा छलफल भयो,’ बैठकपछि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । क्षतिको विवरण प्राप्त भएपछि मात्रै राहतको टुंगो लाग्ने पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?