+
+

सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:१४

११ कात्तिक, काठमाडौं । नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना विद्यार्थी बेपत्ता भएका छन् । दैलेखको गराँस गाउँपालिका घर भएका २५ वर्षीय राजेश शाही १७ भदौदेखि बेपत्ता भएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुमा शाहीको खोजतलासका लागि निवेदन आएको एसएसपी अशोक सिंहले बताए । उनले भने, ‘प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।’

उनको परिवारले एमबीबीएस पढ्दै गरेको छोरा होस्टलबाटै हराएको बताएको छ । तर नेपाली सेनाले चाहिँ उनी होस्टलबाट बाहिर निस्किएको देखिएको भनेको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने, ‘विस्तृत बुझ्न मैले पनि रिपोर्ट मगाएको छु, प्रहरीसँग समन्वय भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?