+
+

कीर्तिपुरमा संचालनमा आयो ‘कीर्तिपुर सिनेप्लेक्स’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १२:४७

कीर्तिपुरको पागामा हल संचालनमा आएको छ । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र उनको टिमले कीर्तिपुरको पागामा ‘कीर्तिपुर सिनेप्लेक्स’ संचालनमा ल्याएको हो । यो हलको आज एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको छ । संचालक महर्जनले आजबाट एक नेपाल भाषाको र एक हलिउड चलचित्र रिलिज भएको जानकारी दिए । यो हलमा अहिले एक वटा मात्र पर्दा छ । केही महिनामै अर्को पर्दा पनि तयार हुने महर्जनको भनाई छ ।

हल उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत लगायतको उपस्थिती थियो ।

वितरक तथा प्रदर्शक महर्जनले हलमा एकसाथ २ सय ८५ जना दर्शकले चलचित्र हेर्न सक्ने बताए । उच्च प्रविधिमा संचालनमा आएको यो हलमा दैनिक ४ शोज चलचित्र रिलिज हुनेछ । बिहान ९ बजे, मध्यान्न १२ बजे, दिउँसो २ बजे र बेलुकी ६ बजे चलचित्र रिलिज हुने उनको भनाई छ ।

हल उद्घाटनमा पुगेका चलचित्रकर्मीहरु दीपकराज गिरी, निश्चल बस्नेत, दीपाश्री निरौला, स्वस्तिमा खड्काले यस्तो बिषम परिस्थितीमा पनि हल संचालनमा आएको भन्दै खुशी व्यक्त गरे । उनीहरुले राम्रो चलचित्र रिलिज भएको खण्डमा दर्शक हलसम्म फर्किने बताए ।

महर्जनले हल निर्माण र जग्गा खरिद गर्दा करिब २० करोड खर्च भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?