+
+

वीर गणेशमान सिंह टेनिसको उपाधि आर्याश र अनुश्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १९:०७

१२ कात्तिक, काठमाडौं । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यू-८ को शुक्रबार भएको फाइनलमा ब्वाइजतर्फ आर्याशले सुजन कुइँकेललाई १०-५, १०-६ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

यस्तै गल्र्सतर्फ अनुश्रीले सारा पन्तलाई १०-४, १०-६ को सेटमा पराजित गर्दै जित हात पारिन् । विजयी खेलाडीहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यस्तै शुक्रबार नै सम्पन्न खेलमा शिभाली गुरुङले गल्र्स यू-१० को प्रतिस्पर्धामा माला श्री सिंहलाई ६-०, ६-० ले पराजित गरिन् । जित निकाल्ने क्रममा ब्वाइज यू-१२ तर्फ दर्सिल श्रेष्ठले निसाद जोशीलाई ६-१, ६-२ ले तथा बोरिस अधिकारीले श्रीजन भट्टराईलाई ६-२, ६-१ ले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?