+
+

चरिकोटमा हुने आरडब्लू च्याम्पियनसिपको तयारी पूरा 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १९:५३

१२ कात्तिक, काठमाडौं । दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ एशोसिएसनले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेका छन् ।

खेलकुदसँगै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुँदैछ । चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगितामा हेभीवेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?