+
+

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १५:४०

१२ असोज, काठमाडौं । पर्यटन व्यवसयाीहरुले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटेर व्यवसायीहरुले महामारी पछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताएका हुन् ।

मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा अभाव लगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष समिति गठन गरि पर्यटनलाई मुर्तरुप दिन आग्रह गरिएको व्यवसायी राजाराम गिरीले जानकारी दिए ।
एउटा अधिकारसम्पन्न राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरि तत्काल काम थाल्न आवश्यक ‘मन्त्रीज्यूले हाम्रा समस्या सुनेर केही गरौं भन्नेमा चासो देखाउनुभएको छ, अब हामी सरोकारवाला बसेर विशेष कार्यक्रम ल्याउनेतर्फ छलफल गर्छौं’ गिरीले भने ।

प्रतिनिधिमण्डलमा होटल व्यवसायी प्रसिद्ध पाण्डे, सुनिल शाक्य, पर्यटनविद विक्रम पाण्डे, टर्किस् एयरलाइन्सका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केसीसी, टानकी महासचिव सरिता लामा, इत्तिहाद एयरवेजका पूर्व कन्ट्री म्यानेजर पवन श्रेष्ठ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?