+
+

चाडपर्वका बेला इन्धनको मूल्य बढाउनु गलत : प्रकाशमान सिंह

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नै पार्टीको सरकार भएका बेला जनतालाई महंगी बढाउनु दुखद् भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १७:२९

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै त्यसको विरोध गरेका छन् ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नै पार्टीको सरकार भएका बेला जनतालाई महंगी बढाउनु दुखद् भएको बताए ।

‘मुख्य चाडपर्वको मुख्यमा पेट्रोल, डिजेल लगायतमा मुल्यवृृद्धि गरिएको छ, यो गलत भएको छ’ उनले भने, ‘हाम्रै पार्टीको नेतृत्वमा सरका बेला बेला चाडबाडका बेला मूल्य बढाउनु ठिक भएन ।’

नेता सिंहले कांग्रेस नेतृत्वले जिम्मेवारी पूरा गर्न नसकेको समेत बताएका छन् । १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेको उनले बताए । नेतृत्वले जिमेवारी पूरा गर्न नसकेकै कारण कांग्रेसमा अहिले धेरै समस्या देखिएको भन्दै नेता सिंहले आगामी महाधिवेशनमा पनि पुनः यही नेतृत्वलाई दोहो¥याए पार्टीलाई थप क्षति हुने धारणा राखे ।

नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेको भन्दै विधि र नियमअनुसार विवाद समाधान गर्नुपर्ने बताए । १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाइ छ ।

नेता सिंहले केही जिल्लामा अझै क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै विधि र नियमपूर्वक समाधान गर्नुपर्नेमा जोड समेत दिएका छन् । समितिका सभापति बाबुराम आचार्यले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने र कांग्रेसमा भएको गुटबन्दी अन्त्य नभए कांग्रेस बलियो नहुने बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, क्षेत्रीय सभापति प्रकाशबिक्रम राणालगायत नेताले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?