+
+

कात्तिक २६ गतेबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ११:०७

६ बर्षदेखि १४ बर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।

‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी शो प्रशारण गरिसकेको हिमालय टीभीले अर्को महत्वकांक्षी रियालिटी शो दर्शकमाझ प्रशारण गर्न लागेको हो । यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ ।

शोका निर्देशक लक्ष्मण पौडेलले आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?