+
+

निश्चलले ‘जिन्दावाद’लाई किन पछि सारे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १३:३९

चलचित्र ‘लुट २’ निर्देशन गरेपछि निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्रमा काम गरेका छैनन् । समय–समयमा उनले नयाँ चलचित्र निर्देशन गर्ने चर्चा चल्छ । तर, कहिले स्क्रिप्ट चित्त नवुझेको भन्दै निश्चलले प्रोजेक्ट पछि सार्ने गरेका छन् भने कहिले बजेटको अभावमा ।

उनै, निश्चलले केही समय अगाडि चलचित्र ‘जिन्दाबाद’ निर्देशन गर्ने घोषणा गरेका थिए । तर, यो चलचित्र तत्काल नबनाउने उनको भनाई छ ।

निश्चलले भने–‘जिन्दाबादमा भीएफएक्सको कठिनाई हुने भयो । यस्तै, बजेट पनि उच्च लाग्ने भयो । यसैले, स्क्रिप्टमा अझै बलियो तयारी गरेर मात्र काम सुरु गर्ने सोच बनाएको छु । अरु पनि केही आइडियाहरु आएका छन् । त्यसलाई स्क्रिप्टमा बदलेको खण्डमा पक्कै पनि काम अगाडि बढ्छ होला ।’

निश्चलले सही स्क्रिप्टमा सही तरिकाले लगानी गरेर सही समयमा रिलिज गरेको खण्डमा चलचित्रले उच्च व्यापार गर्ने पनि सुनाए । कोरोनापछिको अवस्थामा एकैपटक दर्शक हलसम्म नआउने उनको भनाई छ । भने–‘मलाई हलमा एकैचोटी दर्शक आउनुहुन्छ जस्तो लाग्दैन । थिएटर पनि सुरक्षित छ हैं भन्ने सन्देश दिन सक्यो भने, मेकरले पनि राम्रो चलचित्र दिन सके भने दर्शक आउनुहुन्छ भन्ने लाग्छ ।’

निश्चलले यो समयमा आफू चुप लागेर नबसेको सुनाए । उनले, अहिलेको अवस्थामा कस्तो चलचित्र बनाउँदा निर्माता पनि सुरक्षित हुन्छन् र दर्शक पनि हलसम्म आउँछन् भनेर सोच्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?