+
+

कस्तो छ भिटेनको ‘गल्ली सडक’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १४:०२

र्यापर भिटेनले नयाँ गीत सार्वजनिक गरेका छन् । भिटेनले ‘गल्ली सडक’ बोलको गीत दर्शकमाझ सार्वजनिक गरेका हुन् । जुन गीतलाई युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् । यो गीतमा समीर घिसिङ ‘भिटेन’को संगीत तथा शब्द छ । गीतको भिडियोलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन् ।

यो गीतमा भिटेनले विशेषगरि, सरकारले आफूलाई बारम्बार पक्राउ गरेको बिषयमा बोलेका छन् । आफू सडक र गल्लीबाट नै हुर्किएको भन्दै भिटेनले यो विग्रिएको समाज बिगारेर आफूले के पाउँछु र भनेर प्रश्न समेत गरेका छन् ।

यतिमात्र होइन, भिटेनले गीतमा सरकारकी शैलीको विरोध समेत गरेका छन् । भिटेनले आफूले लागूपदार्थ समेत छाडेको भन्दै प्रहरीले बारम्बार किन खोजेको हो भनेर प्रश्न गरेका छन् ।

भिटेनले आफूलाई आफ्नै घरमा डर लाग्ने गरेको भन्दै सपना धेरै भएको गीतमार्फत आफ्नो चाहना पनि व्यक्त गरेका छन् । र्याप हान्न थालेपछि आफ्नो रगत तात्न थाल्ने पनि भिटेनले गीतमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?