+
+

जाडेन र आजमीलाई किड ट्राईथालन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १४:३६

१४ कात्तिक, काठमाडौं । जाडेन श्रेष्ठ ब्वाइज् र आजमी सेरचन गर्ल्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् ।

स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राइयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राइयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्वीम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ किलोमिटर साइक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनेट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् ।

यस्तै आजमीले उक्त दूरी २३ मिनेट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे। सिंहले उक्त दूरी २१ मिनेट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनेट, १७.२० सेकेन्डमा पूरा गरे ।

यस्तै गर्ल्सतर्फ परिधि भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनेट १२.५४ सेकेन्डमा दूरी पूरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे ।
दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे ।

प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र गर्ल्स तर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा-५का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा २२ ब्वाइज र ७ गर्ल्सको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?