+
+

बुद्ध दर्शनले नेपाललाई विश्वभर चिनाएको छ : अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १६:५८
फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताएका छन् ।

आइतबार भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण कार्यक्रममा बोल्दै उनले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम गरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले बुद्धले शान्ति र अहिंसाका लागि दिएको सन्देश अहिले झनै मानवजातिको लागि सान्दर्भिक भएको धारणा राखे । बुद्ध दर्शनको अद्वितीय गुण जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले मानव–मानव बीचको विभेद अन्त्यका लागि सबैको संगठित प्रयास हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?