+
+

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:१६

१५ कात्तिक, बुटवल । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प ६०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ ।

उनको सनाखत हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?