+
+

चार प्रशिक्षकलाई एएफसी ए कोचिङ लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १४:१७

१५ कात्तिक, काठमाडौं । नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।

विष्णु गुरुङ, राकेश श्रेष्ठ, बालगोपाल साहुखल र मनिष तिमल्सिनाले एएफसी ए लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार जनाएको छ । चारै जनाले ए लाइसेन्स सर्टिफिकेट प्राप्त गरेका छन् ।

विष्णु ए डिभिजन क्लब संकटामा अनुबन्ध भएका छन् भने बालगोपाल च्यासल युथ क्लबको प्रशिक्षकमा छन् । यस्तै मनिषले भारतको गोकलुम क्लबको गोलकिपिङ प्रशिक्षक भएर काम गरिसकेका छन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान राकेशले भने यू-१६ महिला टोलीको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

योसँगै नेपालमा एएफसी ए लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।

एएफसीले गत नोभेम्बर, डिसेम्बर र यस वर्ष मार्चमा गरी तीन चरणमा ए लाइसेन्स कोर्सको कार्यक्रम गरेको थियो । जसमा पहिलो पटक एन्फाको आफ्नै पाठ्यक्रम अनुसार २० जनाले सहभागिता जनाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?